विरगञ्जमा नागरिकता लिनेको भिड,​नेपाली जनतालाई जवाफ चाहियो ? : नेता रावल

रातोघर

 २०७८ जेष्ठ ११, मंगलबार  मा प्रकाशित
७६७ पाठक संख्या


 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले विरगंजमा नेपाली नागरिकता लिने भारतियहरुको भिड लागेको बताएका छन् । नेता रावलले त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आइरहेको टिप्पणी सामाजिक सञ्जाल ट्वीटमार्फत दिएका हुन् ।

प्रधानमन्त्री ओलीले नागरिकता सम्बन्धी अध्यादेश ल्याको दुई दिनमै विदेशीले नागरिकता चकलेट लिए जसरी लिन चाहेको तर्फ संकेत गरेका छन् । उनले ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो की भन्दै प्रति प्रश्न गर्दै सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बन्न आग्रह​ गरेका छ्न् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत नेता रावलले लेखेका छ्न् – विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि? नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं!

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban