जितपुरसिमरा १४ मा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न

रातोघर

 २०७८ अषाढ २६, शनिबार  मा प्रकाशित
८१५ पाठक संख्या


बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं १४ मा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । इन्द्रेणि युवा क्लब, हाम्रो युवा समुह तथा प्रहरि साझेदारि र शसस्त्र प्रहरिको संयुक्त आयोजनामा शनिवार वडा नं १४ स्थित दुधौरा पुलको दाया र बाया साइडमा बिभिन्न प्रजातिका बोटबिरुवाहरु रोपिएको हो ।

मसला,अमला,असोक,सिरिस,रक्त चन्दन गरी धेरै प्रकारका १ हजारवटा बिरुवा रोपीएको इन्द्रेणी युवा क्लबका अध्यक्ष कपिल खरेलले जानकारी दिनुभयो ।

बृहत बृक्षरोपण कार्याक्रममा नेपाल बाल सङगठन बारा जिल्ला सभापति त्रिलोकबिक्रम शाह,भुमिसम्बधि समस्या आयोग बाराका सदस्य चयन गुरुङ, भरतबहादुर खड्का,इन्द्रेणी युवा क्लबका अध्यक्ष कपिल खरेल,हाम्रो युवा समुहका अध्यक्ष प्रताप रिजाल,शसस्त्र प्रहरी लगाएत युवाहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban