

सिमरा ।
बाराको सिमरामा उद्योग रहेको सुर्य नेपाल प्रालीले ने.रा. नमुना मावि सिमराको शैक्षिक बिकासमा सहयोग गरेको छ । बिद्यालयको मन्टेश्वरी कक्षाको स्तर उन्नतीका लागी प्रालीले ५ लाख बराबरको बिभिन्न मन्टेश्वरीे कक्षामा प्रयोग हुने सामाग्री प्रदान गरेको हो ।
आज एक कार्यक्रमको आयोजना गरी सुर्य नेपालका प्रतिनिधि सहित बिद्यालयका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र गौतम, समितीका पदाधिकारी गँगा बस्तेत, दिपक शर्मा, जितपुरसिमरा उमनपा कार्यपालीका सदस्य शोभा कार्की, बिद्यालयका प्रधानाध्यापक शंकर कुमार आचार्य, सह प्रधानाध्यापक अच्युतदेव सिटौला लगाएतको उपस्थितीमा सो सामाग्री बितरण गरिएको हो ।
साथै सुर्य नेपालकै आयोजनामा बिद्यालयका मन्टेश्वरी कक्षा लगायत आधारभुत तहका १८ शिक्षिकालाई तिन दिने आधारभुत मन्टेश्वरी तालिमको समेत आयोजना गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरि तालिमको समुद्घाटन गरिएको हो ।
बिद्यालयले अहिले मन्टेश्वरी कक्षाको लागी सिमित सिटमा मात्र भर्ना लिईरहेको छभने माथिल्ला कक्षाहरुमा समेत प्रभावकारी प्रवेश परिक्षाका आधारमा उतिर्ण हुने बिद्यार्थीहरुलाई मात्र भर्नाका लागी अनुमती दिने गरेको बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए ।






Write your Comment