

बीरगञ्ज १६ सावन । पर्साका पूर्व जिल्ला सभापती तथा चर्चित खलिफा फजिल अहमतको ९० बर्षको उमेर निधन भएको छ ।
नेपालको पञ्चायती व्यवस्थामा उनी पर्सा जिल्लाको १८ बर्ष सम्म सभापती रहेका थिए । पञ्चायती कालमा रातनितिमा चमकेका अहमद राम्रो खेलाडी पनि थिए ।
उनी नेपाल र भारतका चर्चित खलिफा मध्ये एक रहेका ११ नम्बरका वडा अध्यक्ष प्रधुमन सेडाईले बताए । पञ्चायती व्यवस्था समाप्त भएसँगै उनी राजनितिकबाट सन्यास लिएका थिए ।
पर्साको दोवनी गाउँपालिका वडा नं. ५ निवासी अहमद पछिल्लो समय वीरगञज महानगरपालिकाको वडा नं. ११ श्रीपुर रहेको आफ्नै घरमा वस्दै आएका थिए । उनको शनिबार बिहान निधन भएको जपसाका युवा नेता तथा उनका नाती साल्लाउदिन अहमदले वताए ।
मृतक अहमदको मुस्लिम रितिरिवाज अनुसार आज साँझ ५ बजे जनाजाको नेवाज असर हुने उनको परिवारिक स्रोतले जनाएको छ ।





Write your Comment