झुपडीमै ठीक छु खास बन्नु छैन मलाई।
हजुरको दरबारको दास बन्नु छैन मलाई।
पुर्खौदेखि अन्याय सहनु गलत भयो बा!
पुस्ताले धिक्कार्ने इतिहास बन्नु छैन मलाई।
आयो, हप्कायो रगत पिईरह्यो सामन्तीले
अब प्यासीहरुको प्यास बन्नु छैन मलाई।
म आत्मसम्मानका साथ जिउन चाहन्छु
धुपौरेहरुको आसपास बन्नु छैन मलाई।
श्रीमान जन्जिरबाट जटिल जीवन मुक्त गर्नुछ
यत्ती बुझ्नुहोस् जिउँदो लास बन्नु छैन मलाई।
ईटहरी सुनसरी
हाल: युएई दुबई
Write your Comment