नयाबस्ती खेल मैदानमा ‘संगित महोत्सव’ हुने, शिव परियार,अस्मिता अधिकारी, बद्रि पंगेनी आउने

रातोघर

 २०७८ आश्विन १०, आईतबार  मा प्रकाशित
१३३६ पाठक संख्या


जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा असोज २६ गते संगित महोत्सव आयोजना गरिने भएको छ । नयाबस्ती जनकल्याण युवा क्लबको आयोजनामा वडा नम्बर १५ स्थित नयाबस्ती खेल मैदानमा संगित महोत्सव आयोजना गर्न लागिएको हो ।

 

वडा नम्बर १५ को कार्यालयको सहयोगमा हुन लागेको महोत्सवमा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने क्लबका अध्यक्ष रमेश रेग्मीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित गायक शिव परियार, लोकदोहोरी गायक बद्रि पंगेनी, गायिका अस्मिता अधिकारी, हास्यकलाकार प्रभात लामा, गायक विकास पाण्डे, गायक अंकित तामाङ, गायक अन्जित गुरुङ लगायतले आफ्नो प्रस्तुती देखाउने रेग्मीले बताउनुभयो ।

नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजना गर्न लागिएको संगित महोत्सवको तयारी तिब्र रुपमा भईरहेको छ । महोत्सवलाई भब्य रुपमा सफल बनाउन बिभिन्न उप समिति गठन गरिएको छ । ‘हामीले यो महोत्सव भब्य बनाउने सोच बनाएका छौ, त्यसै अनुसार बिभिन्न समिति गठन गरेर काम अघि बढाईरहेका छौ’ अध्यक्ष रेग्मीले भन्नुभयो ।

बिभिन्न सामाजिक क्रियाकलाप समेत गर्दै आएको नयाबस्ती जनकल्याण युवा क्बले फुलपातिको दिन महोत्सव आयोजना गर्न लागेको हो । कला, साहित्य र संगितको सम्मानमा डुमरवानामा संगित महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रेग्मीले बताउनुभयो । उहाले महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban