मकवानपुरको रातोमाटेमा दुर्घटना , दुर्घटनामा एकको मृत्यु

रातोघर

 २०७८ माघ १९, बुधबार  मा प्रकाशित
४२८ पाठक संख्या


हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ स्थित पुर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाराबाट हेटौडा तर्फ जादै गरेको ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशा तर्फबाट जादै गरेको बागमती प्रदेश ०२-०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका ७ बस्ने बर्ष ३७ का शिब प्रसाद सुबेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकल चालक दोलखा शैलुङ-५ बस्ने ४६ बर्षीय थनक प्रसाद दुलाल मध्यम घाइते रहेको प्रहरीले जनाएका छन् । उनको हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बस तथा चालक नियन्त्रणमा रहेका र घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban