पशुपति क्षेत्रका फूलपसल र अस्थायी टहरा १५ दिनभित्र हटाइने

रातोघर

 २०७८ माघ २१, शुक्रबार  मा प्रकाशित
३१४ पाठक संख्या


२१ माघ, काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं अस्थायी टहरा १५ दिनभित्र हटाउने भएको छ ।
कोषले सार्वजनिक सूचना प्रकाशन गरेर १५ दिनभित्र फूलपसल एवं अस्थायी टहरा हटाउन आह्वान गरेको हो ।

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवं टहरा राखिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवं उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । जसका कारण विश्वका विभिन्न भागबाट आउने तीर्थयात्री एवं पर्यटकका माध्यमबाट विश्वभर सकारात्मक सन्देश प्रवाह हुनसकेको छैन।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban