भोलिदेखि काठमाडौँमा फाइजर खोपको दोस्रो मात्रा लगाइने

रातोघर

 २०७८ माघ २३, आईतबार  मा प्रकाशित
३३० पाठक संख्या


काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणबाट क्षति न्युनीकरण गर्नका लागि सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ ।

जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडामै व्यवस्था मिलाएको छ ।

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिबारबाहेक बिहान १० बजेदेखि ४ बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सम्बन्धी विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् ।

पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने गरी काठमाडौं महानगरपालिकाले सूचना जारी गरिसकेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban