मधेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा आइतबार दियो सार्वजनिक बिदा

रातोघर

 २०७८ माघ २९, शनिबार  मा प्रकाशित
५३४ पाठक संख्या


मधेश प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ । आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश भर सार्वजनि विदा दिइएको जनाएको छ । सूचनामा मन्त्री भरतप्रसाद शाहको हस्ताक्षर रहेको छ ।

२०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको थियो जसलाई उसले ‘जनयुद्ध’ भन्ने गरेको छ । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban