

चैत्र २८,सिमरा/ नेपाली काँग्रेसको जीतपुरसिमरा वडा नं.२ को पार्टी कार्यालय आज उद्घाटन गरिएको छ । सिमरा एयरपोर्ट रोड गुप्ता मार्केटमा सञ्चालन गरिएको वडा पार्टी कार्यालयको मधेश प्रदेशकी प्रदेश सभा सदस्य सोभा लामाले रिबन काटेर कार्यालयको उद्घाटन गरेकी हुन् । जीतपुरसिमरा वडा नं. २ का सभापती सन्तोष कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रतिनिधी नविन बरालले गरेका थिए ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई लक्षित गरि वडा पार्टी कार्यालयको उद्घाटन गरिएको नेपाली काँग्रेस जीतपुरसिमरा वडा नं. २ का सभापती सन्तोष कार्कीले जानकारी दिए । कार्यक्रममा क्षेत्र नं.४ क का सभापती सुमन भट्टराई,नगरसभापती छविलाल शर्मा,महाधिवेशन प्रतिनिधी श्यामबाबु गुप्ता,राम बहादुर अधिकारी,ओम कृष्ण कार्की जिल्ला सदस्य हरि थपलिया,राधादेवी साह,विनोद मण्डल,दिपकराज शर्मा, तरुणदलका नगरअध्यक्ष अर्जुन लामिछाने लगायतको सहभागिता रहेको थियो ।





Write your Comment