दुधौरा स्थित सशस्त्र प्रहरी बल,मद्दती तथा सेवा गुल्म बाराको समुद्घाटन सम्पन्न

रातोघर

 २०७९ बैशाख ५, सोमबार  मा प्रकाशित
१६५१ पाठक संख्या


बैशाख०५,बि.पी.भट्ट,बारा/ जीतपुरसिमरा वडा नं.४ दुधौरा स्थित सशस्त्र प्रहरी बल,मद्दती तथा सेवा गुल्म,बाराको सोमवार एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) रामशरण पौडेलले शिलालेखको पर्धा हटाएर समुद्घाटन गरेका हुन् ।

(एआईजी) पौडेलले मद्दती तथा सेवा गुल्मबाट संगठनको दैनिक काम प्रतिको सुरक्षा चुनौती तथा खतरालाई न्यूनिकरण गर्न अहम भुमिका पुग्ने बताए । (एआईजी) पौडेलले एक जना सशस्त्रले राम्रो काम गरे समग्र संगठनको प्रसंशा हुने र एकजनाले नराम्रो गरे समग्र संगठनको बदनाम हुने भएकोले कानुनत नराम्रो काम गर्न छुट कसैलाई पनी नरहेको बताए । यदि कसैले गलत गरेको थाहा भए विभागिय कार्वाही हुने भएकोले सबैलाई राम्रो काम गरेर अगाडी बढ्न आग्रह गरे ।

बिषम परिस्थितीमा नजिकिदै गरेको स्थानिय तह निर्वाचनमा त्रुटिरहित ढंगबाट काम गर्न निर्देशन समेत दिएका थिए । कार्यक्रममा बिशिष्ट अतिथी बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले मधेश प्रदेशमा प्राविधिक रुपमा गुल्मको रुपमा स्थापना भएकोले यसबाट प्रत्येक्ष रुपमा सुरक्षा निकायलाई मद्दत मिल्ने बताए ।

प्रमुख जिल्ला अधिकार कटवालले स्थानिय तह निर्वाचनलाई भयरहित मर्यादित तरिकाले सम्पन्न गर्न सशस्त्र प्रहरीको विशेष भुमिका हुने बताए । कार्यक्रममा गुल्मलाई बिभिन्न समयमा सहयोग पुर्याउने केहि ब्यवसायीहरु लाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा युवा ब्यवसायी सुर्यलाल श्रेष्ठ,बिष्णु सापकोटा,अस्मित तिवारी,राधेश्याम श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल,नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोतरीका बाहिनीपति डिआईजी गणेश ठाडामगर,ईलाका प्रशासन कार्यलय सिमराका प्रमुख मोहन अर्याल,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिलीपसिंह देउवा,सशस्त्र प्रहरी बल,नेपाल नं.६,७,८,९,१०,११,१२,१३ हेक्वाका गणपति एवम् ३९ र ४० रिर्जब हेक्वाका गणपति,जनप्रतिनिधी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य तथा गुल्मले दिने सेवा बारे सशस्त्र प्रहरी बल,मद्दती तथा सेवा गुल्म,बाराका गुल्मपति प्राविधिक सशस्त्र प्रहरी निरिक्षक जीवन बस्नेतले जानकारी गराएका थिए । नेपाल सरकारको २०७७ साल असार १९ गतेको निर्णयबाट संरचनाको परिर्वतन गरि सशस्त्र प्रहरी बल,मद्दती तथा सेवा गुल्म,बारा स्थापना गरिएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban