कतै सकस, कतै कहर: पोखरामा एमालेकी मन्जु गुरुङ्गले उपमेयरको टिकट अस्वीकार गरिन्

रातोघर

 २०७९ बैशाख ११, आईतबार  मा प्रकाशित
४९० पाठक संख्या


बैशाख११,पोखरा/ नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पोखरा महानगरपलिकाको उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो उम्मेदवारी अस्वीकार गरेकी छिन् । पार्टीले आफूलाई उपमेयर पदको उम्मेदवार बनाएकोमा उनले आश्चर्य प्रकट गरेकी छिन् ।

आफूले मेयर र उपमेयर कुनै पनि पदमा दाबी नगरेको र आफूसँग कुनै पनि सल्लाह नगरीकन नेताहरूले के कारण यस्तो निर्णय गरे भन्ने नै आफूलाई जानकारी नरहेको उनले प्रतिक्रिया दिइन् । उपमेयरको पद आफूलाई स्वीकार्य नरहेको गुरुङले प्रस्टोक्ति दिएकी छिन् ।

आफूले नमागेको कुरा नसोधी किन दिइएको हो भनेर उनले पार्टी नेतृत्वलाई प्रश्नसमेत गरेकी छिन् । ‘मैले मागेको भए अहिले तिमीलाई यो भयो भनेर चित्त बुझाउनुहुन्थ्यो । तर, मैले न मेयरमा आकांक्षा राखेकी छु । न उपमेयरमा आकांक्षा राखेकी छु । मलाई सोध्दै नसोधी र जानकारी नै नदिई किन मेरो नाम उपमेयरका लागि निर्णय गरियो रु मेरा लागि यो स्वीकार्य छैन । नेताहरूले अहिलेसम्म मलाई केही बताउनुभएको छैन । म उहाँहरूलाई सोध्दै छु ।’

केन्द्रीय सदस्य र हालको महानगरको उपमेयरलाई तल राखेर मेयरमा प्रदेश सचिवालय सदस्य रहेका दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णयप्रति पोखरामा एमालेका नेता–कार्यकर्तासमेत असन्तुष्ट देखिएका छन् ।

एमाले कास्कीका एक नेताले भने, ‘बहालवाला उपमेयर र पार्टी केन्द्रीय सदस्यलाई प्रदेश कमिटी सदस्यको मुनि राखेर उम्मेदवार बनाइनुले उहाँलाई अपमानित फिल गराएको हुनुपर्छ । पार्टीले के सोचेर यस्तो निर्णय गर्‍यो म आफैँ पनि अचम्मित छु ।’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban