

बैशाख२२,सिमरा/ जितपुरसिमरा उपमहानगरमा राप्रपा बाट उपमेयरका उमेदवार सुश्मा मिश्रले घरदैलोमा मतदातालाई प्रभाबति बनाउन थालेकी छिन ।
गर्ने नसक्ने ठुला नाराले दिक्क मतदातालाई नगरकै साधन श्रोतले सक्ने बिकाश अनि चरम बेथिती, र भ्रष्टाचारको अन्त्य गर्ने बलियो आधार घर दैलोमा प्रस्तुत गरे पछि मतदाता प्रभाबीत हुन पुगेको हो ।
राप्रपाले उपमहानगरमा मेयर उपमेयर सहित बडामा नयाँ पुस्ताका युबाहरु उम्मेदवार बनाएको छ । पछिल्लो समय राप्रपाबाट जीतपुरसिमराको उपमेयर उमेदवार बनेकी बारा डुमरवानाकी सुश्मा मिश्रको क्रेज बढ्दो रहेको छ ।
राप्रपाको कान्छी केन्द्रीय सदस्यले परिचय बनाएको मिश्रलै देश भरीका पार्टीका सदस्यको रोजाईमा परे झै यस पटक उपमहानगरका स्थानीय बासीन्दाको समेत आफु रोजाईमा पर्ने बिशबास ब्यक्त गरीन ।
नगरको बिभिन्न बडामा घरदैलो गरीरहदा राप्रपा इमान्दार पार्टी रहेको नागरीकको भाबना देखीए पछि जनबिश्वास बलियो बन्दै गएको नगर सचिब होम बहादुर ठकुरीले बताए ।बडाहरुको घर दैलोमा आफना योजना भन्दा पनि नागरीकले अब फेरी भ्रष्टाचार नहोला भन्ने के आधार दिनुहुन्छ भन्ने गरेको प्रश्नमा उतर दिदै हिडनु परेको उपमेयरका प्रत्यासी मिश्रले बताईन ।
ब्यबस्था परिर्बतन भए पनि जकडिएको सोच, उहि पात्र, अवसरलाई लुटने बेला हो भन्ने दुषित प्रबृति दलका प्रतिनीधीहरुमा ब्यापक बन्दा राप्रपाले जनबिश्बास बढाउन सक्ने उम्मेदबार जनताका घरदैलोमा पठाएको सचिब ठकुरीले बताए ।
डुमरबानाका स्बतन्त्र एक स्थानीयले देश माटो सुहाउदो पार्टी आगामी दिनमा राप्रपा हुन सक्ने बताउदै केही उमेदवारमा यस पटक मतदान गर्ने बताए ।
सिमीत कार्यकर्ता र सुभचिन्तक सहित राप्रपाले गरेको घरदैलो कार्यक्रम सालीन र सभ्य रहेको स्थानीय बासिन्दाहरु भनाई छ ।





Write your Comment