

अमलेखगञ्ज २६ बैशाख/ जितपुर सिमरा वडा २१ मा राप्रपाले जितका लागी नभएर अस्तित्व खडा गर्न उम्मेदबार उठाएको छ । ठुला दलको बर्चस्व रहेको वडामा राप्रपाले अस्तित्व जोगाउन समाजसेबी मुन्ना काजी मगरलाई उम्मेदबार बनाएको हो ।
एमालेले उत्साहि शिक्षित युवा सुभाष श्रेष्ठ र माओबादीले यस अघि निर्बाचित वडा अध्यक्ष कृष्ण बहादुर ठकुरी लाई पुन सारेको छ । एमाले र माओबादी बिच कडा प्रतिस्पर्धा रहे पनि मगरको उम्मेदबारीले दुबै दललाई समान्य क्षती पुग्ने बताइएको छ ।
एक स्थानीयले मगर आफैमा समाजसेबी सज्जन भए पनि उहाले जित हात पार्न सक्नुहुन्न, राप्रपा पनि अमलेखगंजमा छ है भन्ने स्थिती चाही रहने बताए । मगरलाई सम्मान गर्ने वडाअध्यक्ष प्रत्यासीहरुले समेत उनि भद्र ब्यक्ति भए पनि यस पटक अन्यलाई सारेर अर्को चुनाबमा आफै उम्मेदबार बन्नु भएको भए स्थिती राम्रो अबस्था हुने बताएका छन ।
राप्रपा पार्टी भन्दा पनि मगर प्रति सदभाब राख्ने मतदाताहरुले समेत भोट खेर जाने स्थिती देखे पछि दलमा राम्रा प्रत्यासीलाई रोज्न अबस्था बनेको छ ।चुनाबी माहौलमा एमाले र माओबादी दुबै जित हात पार्न संर्घष गरीरहदा मगरको उम्मेदबारी बडामा परिचय मात्रै रहने स्थानियको प्रतिक्रिया रहेको छ ।
यसै सन्दर्भमा हामीले स्थानियले तपाई प्रति यस्तो प्रतिक्रिया दिएका छन् यस बिषयलाई के भन्नु हुन्छ भनेर गरेको प्रश्नमा, म चुनाव जित्ने दाबीको साथ जनताको माझमा खडा छु । चुनावी नतिजा मेरो पक्षमा आउने देखेपछि विपक्षीहरु आतिएर खेल्न खोजेको हो भनेर मगरले प्रतिक्रिया दिएका छन् ।





Write your Comment