जीतपुरसिमरामा एमाले छाड्नेको लर्को, युवा संघका नगर अध्यक्ष एकिकृत समाजवादी प्रवेश

रातोघर

 २०७९ बैशाख २६, सोमबार  मा प्रकाशित
१५७० पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरको एमाले नेतृत्व प्रति असन्तुष्ट जनाउदै नेता कार्यकर्ताले संगठन् त्याग्ने क्रम बढ्दो छ ।

सोमवार जीतपुरसिमराका युवा संघ, नगर अध्यक्ष गौरव कुमार नेपाल सहित ४ जनाले नेकपा एमाले परित्याग गरि एकृतित समाजवादी प्रवेश गरेका छन् ।

सिमराको होटल क्लासिकमा आयोजना गरिएको एक कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले नव प्रवेशीहरुलाई स्वागत गर्दै टिका लगाएका हुन् ।

नेकपा एमालेका पुर्व जिल्ला कमिटी समेत रहेका गौरव नेपालले एमालेमा समाज बिकासको कुनै पनी योजना नभएको र नेता कार्यकर्तामा इमान्दारीता नभएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् ।

जीतपुरसिमरा १ को पार्टी कार्यालय समेत उनकै घरमा संचालनमा थियो । केहीदिन अघि स्थानिय तहको उम्मेद्वार छनौटमा ठुलो बिवाद भएको थियो । बिवाद पछी असन्तुष्ट बनेका नेपालले सोमबार आफु सहित एमालेका ४ जनाले पार्टी त्याग गरेका हुन् ।

पार्टी त्यागेसंगै नेपालले नगरका गठबन्धनका उम्मेद्वारलाई जिताउन लागी पर्ने बताएका छन् । उनका अनुसार, चुनाव पछी एमालेका सैयौँ कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी रहेको खुलासा गरे ।

पार्टी परित्याग गर्नेमा नेपाल सहित, सुमित नेपाल, नर बहादुर श्रेष्ठ र रमेश कुमार पुन रहेका छन् । यसअघि जीतपुरसिमरा १४ मा पनी केहीदिन अघि नेकपा एमाले परित्याग गरी दर्जनौ कार्यकर्ता नेकपा माओबादी प्रवेश गरेका थिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban