जितपुरसिमराः वडा सदस्यमा हारेको ब्यक्ति उपमेयरको उम्मेदवार,चौधरी भ्रष्टचारको ढाकछापमैं ब्यस्त

रामबन पानी ट्याङकी विवादः हार ब्यहोर्नु पर्ने संकेत देखेपछि अतालिएको एमालेले आफु निकट नेता र मिडियाको प्रयोग गरी झुटको अफवाह फैलाउदै:अनिल श्रेष्ठ

रातोघर

 २०७९ बैशाख २६, सोमबार  मा प्रकाशित
१९८४ पाठक संख्या


बैशाख२६,जीतपुर । स्थानिय तह निर्वाचन नजिकिदै जाँदा यतिवेला विभिन्न स्थानिय तहमा उमेदवारहरु कति को सक्षम छ भनेर चर्चा हुने गरेको छ । २०७४को निर्वाचनमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर हात पारेकोमा यस पटकको सम्भाव कम बन्दै गएको छ ।

विगतको कार्यकालको मुल्य चुकाउन सकसमा परेको एमालेको उमेदवार कमजोर साबित हुदै गएको कुरालाई कसैले नर्कान सक्दैन । उमेदवारी दर्ता हुन साथ भ्रष्टचारको विभिन्न आरोप प्रत्यारोप खेपि रहेकी मेयर पदकी उमेदवार सरस्वती चौधरीको चौतर्फि आलोचना त छदैछ यता उपमेयरका उमेदवार भोला अधिकारी माथि समेत आशंकाको घेरामा छन् ।

पुर्व गाविस अध्यक्ष समेत रहेका अधिकारीले २०७४को निर्वाचनमा वडा सदस्य पदमैं हार ब्यहोर्नु परेको थियो । माओवादी केन्द्रका राम चन्द्र अधिकारीसँग झन्दै ूदुई सय मत अन्तरले हार ब्यहोर्नु परेको अधिकारीलाई एमालेले उपमेयर पदमा अगाडी सारेपछि यस पटकको निर्वाचनमा मेयर उपमेयर दुबै जित्नेमा धेरैको आशंका रहेको छ । आफ्नो वडामा वडा सदस्य समेत जित्न नसकेको ब्यक्तिलाई पार्टीले उपमेयरमा उठाएपछि एमाले पार्टी भित्रका स्थानिय नेताहरुले समेत आलोचना गर्दै आएको छ ।

केही दिन अगाडी एमालेका मेयरका आकांक्षी नारायण क्षेत्रीले उमेदवार छनोटको बिषयलाई लिएर एमाले पार्टीको तिब्र आलोचना समेत गरेका थिए । मेयरकी उमेदवार चौधरी सामाजिक सञ्जालमा भैरहेका भ्रष्टचारको टिकाटिप्पणी लाई कसरी सामान्य गर्ने भनेर आफु निकट ब्यक्ति र मिडियोको साहारा लिने गरेको पाईएको छ ।

त्यस्तै चरम भ्रष्टचारको आरोप खेपि रहेको नगर प्रमुख डा.कृष्ण पौडेललाई जितपुरसिमराका एमालेले चुनावी प्रचारमा समेत अगाडी सार्न सकेको छैन । दर्जनौं भ्रष्टचारको मुद्दामा अक्त्तियार धाईरहेकी पुर्व उपमेयर चौधरीलाई एमाले पार्टीले मेयरको रुपमा अगाडी सार्नु र वडा सदस्य पदमैं हारेका अधिकारीलाई उपमेयरमा अगाडी सार्नुले एमालेले जितपुरसिमरामा ठुलो क्षेती ब्यहोर्नु पर्ने निश्चित बनेको छ । उमेदवार छनोटमा चित्त नबुझेको भन्दै एमालेका युवा संघको नगर अध्यक्ष देखि धेरैले पार्टी परित्याग गरेर गठबन्धन दलमा जानेहरुको लर्को लागेको छ ।

यता हार ब्यहोर्नु पर्ने संकेत देखेपछि अतालिएको एमालेले आफु निकट नेता र मिडियाको प्रयोगमा झुटको अफवाह फैलाउदै आएको माओवादी केन्द्रका केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिलले आरोप लगाएका छन् ।

गठबन्धनको उमेदवार राजन पौडेलले विना मगर खानेपानी मन्त्री हुदाँ पहल गरेर आयोजना ल्याएर निर्माण भैंरहेकोे रामबनको पानी ट्याङकीमा सिमरा खानेपानीका अध्यक्ष कासिम हुसेनले यो आयोजना नितान्त सिमराको हो भनेर आफ्नो फेसबुकमा प्रचार गरेका थिए । सोही आधार मानेर एमाले निकट नेताले संचालन गरेको मिडियामा समाचार समेत बनेको श्रेष्ठले बताए ।

श्रेष्ठले विना मगर खानेपानी मन्त्री हुदाँ कासिम हुसेनले एमाले पार्टीबाटै मलाई असहयोग भएको र रामवनको आयोजनामा सहयोग गरिदिन पर्यो भनेपछि मन्त्रीसँग कुरा गरेर केन्द्रिय बजेटबाट रामवन खानेपानीको काम अगाडी बढेको श्रेष्ठले बताए । रामवनको पानी ट्याङकी निर्माण गर्न केन्द्रिय बजेट बाहेक सिमरा खानेपानीको कुन बजेटले सम्भव छ भनेर श्रेष्ठले प्रश्न गरेका छन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban