माधव नेपालको गृह नगरमा एकीकृत समाजवादीको अग्रता

रातोघर

 २०७९ बैशाख ३१, शनिबार  मा प्रकाशित
३९८ पाठक संख्या


३१ वैशाख, रौतहट । रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता छ । गौर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban