

बैशाख ३१ , शनिवार – जीतपुरसिमराको वडा नं : २४ को मतगणना सकिएको छ । कडा सुरक्षासंगै सिसि टि:भी क्यामेराको निगरानी रहेको मत गणना स्थल मा,नेपाली काँग्रेसको तर्फ बाट वडाध्यक्षमा सुल्तान अन्सारी बिजयी भएका छ्न् ।अघिल्लो निर्वाचनमा एमालेले यहि वडा वडा नं : २४ बाट जितको खाता खोलेको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कलामुदिन मिया अंसारीलाई पराजित गर्दै नेपाली काग्रेसका उम्मेदवार सुल्तान अंसारी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । वडा नम्बर २४ मा वडा अध्यक्ष पदका लागी त्रिपक्षीय भिडन्त भएको थियो ।
वडा अध्यक्षसंगै नेपाली काग्रेसको तर्फबाट ३ जना वडा सदस्यहरु पनि निर्वाचित हुनुभएको छ । वडा नम्बर २४ मा यसअघि नै नेकपा एमालेको तर्फबाट एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भईसक्नुभएको छ । (भिडियो हेर्नुस)





Write your Comment