

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
केहिबेर आएको मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार लोक बहादुर मुक्तान ४ हजार ८९७ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार नरेन्द्र लाल रिजालले ४ हजार ९३ मत पाएका छन् ।
यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बाल कुमार मल्ल ठकुरी ४ हजार ८८ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सुकु माया थिङले ३ हजार ९३७ मत ल्याएकी छन् ।





Write your Comment