जीतपुरसिमरा वडा नं.१४ मा एमालेकी गुरुङको प्यानलनैं विजयी

रातोघर

 २०७९ जेष्ठ ४, बुधबार  मा प्रकाशित
१४०५ पाठक संख्या


जेष्ठ ४,सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ । उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित हुने क्रममा गुरुङले लोकप्रिय मत प्राप्त गरिन् ।

गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गरेकी हुन् । उनको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९ सय २३ मत प्राप्त गरे । गुरुङ चार सय दुई को फराकिलो मतान्तरले विजयी भएकी हुन् ।

उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी भएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban