हेटौंडाका एक किशोर पक्राउ

रातोघर

 २०७९ जेष्ठ २६, बिहिबार  मा प्रकाशित
५३२ पाठक संख्या


जेष्ठ २६,  मकवानपुर : मकवानपुर प्रहरीले लागूऔषधसहित प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडकखण्डबाट ४ किलो ६०० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

चितवनबाट बिरगंजतर्फ जाँदै गरेको ना ५ ख ६५७० नम्वरको बसलाई उक्त स्थानमा रोकी चेकजाँच गर्ने क्रममा बसमा सवारी उनको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban