

जेष्ठ २८,कपिलवस्तु : कपिलवस्तुमा एक युवकको शव फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको जिल्ला प्रहरीले कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार, उनको शव श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा डुबेको अवस्थामा फेला परेको हो । कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।





Write your Comment