तारमा झुन्डिएको मानिस निकाल्ने साधनस्रोत छैन

रातोघर

 २०७९ जेष्ठ २८, शनिबार  मा प्रकाशित
४०४ पाठक संख्या


नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको विद्युत् प्रसारण लाइनको तारमा एक जना मानिस हिँडिरहेकोले ६० मेगावाट क्षमताको त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन  बन्द भएको छ ।
बिहान १० बजेदेखि प्रहरी र स्थानीयवासीले तल झर्न अनुरोध गर्दा पनि प्रसारण लाइनको तारमा पुगेका मानिस तल झरेका छैनन् ।  ती व्यक्तिलाई तल झर्न अनुरोध गर्नेभन्दा बाहेक आफूहरुसँग अरु उपाय नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आफूहरुसँग तारमा रहेको मानिसलाई तल झार्ने प्रविधि नरहेको र पोलमा चढेर ती व्यक्तिलाई पक्राउ गर्न सक्ने तालिम प्राप्त जनशक्ति पनि नभएकोले अहिले पर्खेर बस्नुको विकल्प नभएको प्रहरीले जनाएको छ ।
प्रसारण लाइनमा चढेका व्यक्तिलाई झार्न विद्युत् प्राधिकरणले केही उपाय गरेमात्रै नत्र ती व्यक्ति आफैँ तल नझरुञ्जेल अरु उपाय नभएकोले ती व्यक्तिलाई अनुरोध मात्रै गरिरहेको प्रहरीको भनाइ छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban