स्वीमिङ पुलमा डुबेर न्यू लाइट स्कुलका शिक्षकको मृत्यु

रातोघर

 २०७९ जेष्ठ ३१, मंगलबार  मा प्रकाशित
६५४ पाठक संख्या


रुपन्देहीमा पौडी खेल्ने क्रममा स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

तिलोत्तमास्थित न्यू लाइट स्कुलका शिक्षक ३० वर्षीय सन्दीप पौड्यालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तिलोत्तमा नगरपालिका–१ सङ्कर नगरका ३० वर्षीय सन्दीप पौड्याल तिलोत्तमा नगरपालिका–३ स्थित बिग चियर रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्न पुगेका थिए । सोही क्रममा डुबेर उनी बेहोस भएका थिए ।

उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban