गौतमबुद्ध क्रिकेट रंगशालाः संघ सरकारको साढे २२ करोड बजेट, बागमतीले थप्यो ५ करोड

रातोघर

 २०७९ अषाढ २, बिहिबार  मा प्रकाशित
३२५ पाठक संख्या


असार २,चितवन:

धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ । आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आ.व.का लागि २२ करोड ५० लाख विनियोजन गरिसकेको छ ।

बागमती सरकारले पनि आगामी आ.व.का लागि सोही रंगशालामा ५ करोड विनियोजन गरेको छ । बागमतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्य गर्न ५ करोड छुटाएको छु’ भनिएको छ । यो रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban