सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार आरोपीमध्ये दुई जना पक्राउ

रातोघर

 २०७९ अषाढ ४, शनिबार  मा प्रकाशित
४८७ पाठक संख्या


दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् । तुलसीपुर उपमहनगरपालिका–५ की २५ बर्षीया युवतीमाथि २ असार राति तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये तुलसीपुर–९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban