

असार ६, काठमाडौं : प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएका ३७ वर्षीय बिकाश अमगाईं, भिमसेनथापा गाउँपालिका घर भएका ४० वर्षीय मोहन पुडासैनी र काभ्रेको पनौती नगरपालिका घर भएका ३७ वर्षीय राज कुमार हुमागाईं रहेका छन् ।
आरोपीहरुले आफ्नै शैक्षिक प्रमाणपत्र किर्ते गरेर पेश गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।





Write your Comment