गाँजासहित तीन जना पक्राउ

रातोघर

 २०७९ अषाढ १३, सोमबार  मा प्रकाशित
३७४ पाठक संख्या


मोरङ :

मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई,२९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेको जिल्ला प्रहरी कायार्यलय मोरङले जनाएको छ ।

आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध गाँजा ८ किलो बरामद भएपनि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban