लरीभित्र भेटियो ४६ जनाको शव

रातोघर

 २०७९ अषाढ १४, मंगलबार  मा प्रकाशित
६१५ पाठक संख्या


असार १४ , काठमाडौं:

अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र ४६ जनाको शव भेटिएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार टेक्सासको सान आन्तोनियो सहरको बाहिर क्षेत्रमा बेवारिसे अवस्थामा फालिएको लरीमा ती शव फेला परेका हुन् ।

जिवित भेटिएका १६ जनालाई भने उपचारका लागि अस्पताल पठाइएको छ ।

 

मृत्यु हुनेहरू छिमेकी मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासी हुन सक्ने अनुमान गरिएको छ । तर, उनीहरू कुन देशका हुन् र के कारणले मृत्यु भयो भन्ने खुलिसकेको छैन ।

लरी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो । लरी फेला परेको क्षेत्र अमेरिका(मेक्सिको सिमानाबाट २५० किलोमिटरमा रहेको छ ।

 

सोमबार सान आन्तोनियो तापक्रम ३९.४ डिग्री सेल्सियस पुगेको थियो । लरीभित्र उनीहरूको मृत्यु गर्मीका कारणले भएको हुन सक्ने बताइएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban