

असार १६ ,महेन्द्रनगर :
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार, बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको हो । उत्त, घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुबै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।





Write your Comment