एमाले उम्मेदवार मियाँ माथी ५५ लाखको आर्थिक हिनामिना बिरुद्ध आयोगमा उजुरी, भष्ट्रचार संरक्षणको लागी एमालेमा प्रवेश गरेको अरोप

रातोघर

 २०७९ मंसिर १, बिहिबार  मा प्रकाशित
१००५ पाठक संख्या


बारा, मंसिर १/ बारा निर्वाचन क्षेत्र नं ४ का एमाले उम्मेदवार एकवाँल मियाँले डिभिजन वन कार्यालय बाराबाट लाखौ रुपयाँ पेश्की रकम लिएर कागजमा मात्रै काम सम्पन्न गरेको भन्दै उनि विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानविन शुरु भएको छ ।

मियाँले वन कार्यालयबाट वृक्षारोपण र विरुवा उत्पादनका नाममा ५५ लाख रुपयाँ पेश्की रकम लिएर फछ्यौट नगरेको भन्दै आयोगले वन कार्यालयबाट सम्पुर्ण कागजपत्र जफत गरेर मियाँ विरुद्व विस्तृत अनुसन्धान गरिरहेको छ ।मियाँले आर्थिक वर्ष २०७३ देखि पटक पटक पेश्की रकम लिएको तर काम भने कागजमा मात्रै देखाएको र बेरुजु समेत फछ्यौट नगरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

मियाँ आफै अध्यक्ष रहेको ग्रामिण क्षेत्र कृषि वन परियोजना नामक संस्थाबाट वृक्षारोपण, विरुवा उत्पादन गर्ने भन्दै पेश्की रकम लिएका थिए । पेश्की रकम लिएर कागजमा मात्रै काम देखाएको र फिल्डमा कुनै काम नभएको भन्दै उनि विरुद्व अख्तियारमा उजुरी परेपछि आयोगले सम्पुर्ण कागजपत्र जफत गरेर लगेको थियो ।

२०७३ सालदेखिको ५५ लाख भन्दा बढी भन्दा बढी बेरुजु रकम मध्ये मियाँले एक रुपयाँ बेरुजु फछ्यौट नगरेको वन कार्यालय बाराका एक अधिकारीले जनाएका छन् । ‘मियाँले आफ्नो संस्थाबाट गरेको कामको सम्पुर्ण कागजपत्र अख्तियारले जफत गरेर उनि विरुद्वको मुद्दामा अहिले आयोगमा अनुसन्धान भईरहेको छ, जुनसुकै दिन यो विषय विशेष अदालतमा पुग्न सक्छ’ उनले भने ‘यो विषय गहिराईमा पुगेर अनुसन्धान गर्ने हो मियाँको उम्मेदवारी अहिले नै खारेज हुनसक्छ’ ।

बारा निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार मियाँले वन कार्यालयको बेरुजु फछ्यौट गर्नुको साटो २०७४ को निर्वाचनमा विवादमा पर्ने देखेर ग्रामिण क्षेत्र कृषि परियोजनाको अध्यक्ष नै फेरेका थिए । वन कार्यालय बाराले कागजमा काम देखाएर रकम लिएर बेरुजु फछ्यौट नगरेको भन्दै पटक पटक लिखित पत्र पठाएर बेरुजु फछ्यौट गर्न निर्देशन दिएको थियो । तर मियाँले भने बेरुजु फछ्यौट गर्न वेवास्ता गर्दै आएका छन् ।

वन कार्यालयले पेश्की रकम लिएर काम पनि नगर्ने र रकम फछ्यौट नगर्नु भष्ट्रचार सरह हुने जनाएको छ । ‘सार्वजनिक रकम हिनामिना भनेको भष्ट्रचार सरह हुन्छ उनलाई जुनसुकै दिन कारवाही हुनसक्छ’ उनले भने । मियाँ विरुद्वको उजुरीमा माथि आयोगले विस्तृत अनुसन्धान गरिरहेको अख्तियार श्रोतले जनाएको छ ।

यता उम्मेदवार मियाँले भने बेरुजु फछ्यौटको काम आफ्नो नभएर वन कार्यालयको भएको टिप्पणी गरेका छन् । २०७४ को निर्वाचनमा एमाले उम्मेदवार देवनारायाण चौधरीलाई पराजित गरेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता मियाँले आस्रन प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा चौधरीको टिकट खोसेर एमालेबाट पुनं बारा ४ को उम्मेदवार बनेका छन् ।

सत्ता गठबन्धन भित्र लोसपा प्रवेश गरेपछि बारा ४ मा पुरानो पार्टीबाट टिकट नपाउने देखेर मियाँ उम्मेदवारी मनोनयनको अघिल्लो दिन बिहान ४ बजे एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेर टिकट ल्याएका थिए । बारा जिल्लाको एमाले राजनीतिमा देवनारायण चौधरी पुरुषोत्तम पौडेल समुहका हुन् । आस्रन निर्वाचनमा बारा ४ मा चौधरीको एकल नाम सिफारिस भएको थियो ।

तर एमाले भित्रको अच्युत मैनाली गुटले रातारात मियाँलाई पार्टी प्रवेश टिकट दिलाउन प्रमुख भूमिका खेलेको थियो । मियाँ आफु माथि लागेको भष्ट्रचारको आरोपको संरक्षणको लागी नैं एमाले पार्टीमा प्रवेश गरेको बिश्लेषण गर्न थालिएको छ । बारा निर्वाचन क्षेत्र नं ४ मा मियाँको उम्मेदवारी सँगै हजारौको सख्यामा एमाले नेता कार्यकर्ता एमाले पार्टी परित्याग गरेर नेकपा एकिकृत समाजवादी र अन्य पार्टीमा प्रवेश गरेका छन् । २०७४ को निर्वाचनमा मधेशी र मुस्लिम समुदायलाई झुटा आश्वसन बाँडेर उनिहरुको सहानुभुति भोटले निर्वाचन जितेका मियाँलाई आस्रन निर्वाचन जटिल देखिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban