

सिमरा ।
शसस्त्र प्रहरी बल नेपाल ४० नम्बर रिजर्भ गण हेड क्वाटर पिलुवा बाराको २२ औँ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सशस्त्र प्रहरी सहिदहरुको सम्झना गर्दै आयोजना गरिएको स्थापना दिवस कार्यक्रमलाई केक काटेर उद्घाटन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख सशस्त्र प्रहरी नायक महानिरिक्षक दिपेन्द्र साहले मधेशमा सशस्त्र प्रहरीले खेलेको भुमिका बारो प्रकास पारे ।
उनले बिसेषगरी मधेसका सिमानाकाहरुमा कडाईका साथ सेवामा खटिन र शान्ति सुरक्षामा नागरिक प्रति सकारात्मक भुमिका निर्वाह गर्न निर्देशन समेत दिए ।
यसैगरी कार्यक्रममा उपस्थित बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा सशस्त्र प्रहरीले अहम भुमिका निर्वाह गरेको भन्दै खुशी ब्यक्त गरे ।
केही महिना यतामात्र यस गणमा आएका प्रहरी उपरिक्षक राजु श्रेष्ठको नेतृत्वले सुरक्षा ब्यवस्था तथा सिमा नाकाबाट हुनै अवैध चोरीपैठारी धेरै नियन्त्रणमा आएको भन्दै प्रजिअ सापकोटाले आगामी दिनमा थप सफलताको शुभकामना ब्यक्त गरे ।
दिवसका अवसरमा सशस्त्र प्रहरी सहिद परिवारका सदस्यहरुलाई सम्मान तथा बिभिन्न साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा मधेश प्रदेशका उद्योग महानिर्देशक सुशिल कुमार साह, जीतपुरसिमरा ४ का वडा अध्यक्ष इश्वर खत्री, वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेल, बारा प्रहरीका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी लगाएत जिल्ला सुरक्षा समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।







Write your Comment