मन्त्रिपरिषद् बैठक बस्दै

रातोघर

 २०८० जेष्ठ १५, सोमबार  मा प्रकाशित
२८५ पाठक संख्या


काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बस्दैछ। दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।

आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यद्यपि, बजेटको अंक भने मन्त्रिपरिषद् बैठकले नै तय गर्ने छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ गतेदेखि भारत भ्रमणको तयारी गरेका छन्। आज बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणको एजेन्डा पनि पारित गर्ने बताइएको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भ्रमणको विषयवस्तु आज टुंगो लाग्ने जानकारी दिएकी थिइन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban