लाइसेन्स परीक्षामा ६१ प्रतिशत चिकित्सक फेल

रातोघर

 २०८० जेष्ठ २०, शनिबार  मा प्रकाशित
५१९ पाठक संख्या


काठमाडौं । गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित भएको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार ६१.६१ प्रतिशत चिकित्सक फेल भएका छन् । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७२६ जना फारम भरेका थिए । यस्तै १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार कुल १ हजार ७०९ जना सहभागिता मध्ये १ हजार ५२ फेल र ६५३ जना चिकित्सक पास भएका छन् ।

मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ । त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको डा. अधिकारीले बताए ।

यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

‘धेरै जसो पटक–पटक परीक्षा दिने पुराना विद्यार्थी फेल भएका हुन् । एक पटक फेल भएका मान्छे पुन फेल हुने सम्भावना बढ्छ’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘कुनै बेला धेरै नयाँ बिद्यार्थीले परीक्षा दिँदा नतिजा राम्रो आउँछ ।’

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban