एमालेका नेताहरूको जिम्मेवारी हेरफेर

रातोघर

 २०८० जेष्ठ २०, शनिबार  मा प्रकाशित
५१४ पाठक संख्या


काठमाडौं : नेकपा एमालेले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ।

ललितपुरस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हेरफेर गरेको हो।

एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिअनुसार बैठकले वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई पार्टीका ३३ वटा केन्द्रीय विभागलाई कामको प्रकृतिका आधारमा समूह बनाई ती समूहको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

बैठकले पार्टीको कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश, जिल्ला र पालिका तहसम्म केन्द्रीय कमिटीका नेतालाई इन्चार्जका रूपमा खटाउने निर्णय गरेको छ । एमालेले सातै प्रदेशका इन्चार्ज परिवर्तन गरी पार्टीका सचिवलाई प्रदेश इन्चार्ज तोकेको छ ।

कोशी प्रदेशमा सचिव रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, वागमतीमा तोक्न बाँकी, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदुरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकिएको छ ।

प्रचार सचिव विष्टका अनुसार बैठकले केही विभागको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मेवारी तोकिएको छ। यसअघि प्रचार विभागको प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ छन्।

बैठकले जिल्ला इन्चार्जको जिम्मेवारी फरक भूगोलमा स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यलाई दिएको छ भने केन्द्रीय कमिटी सदस्यलाई पालिकास्तरको इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको प्रचार सचिव विष्टले जारी गरेका विज्ञप्तिमा जनाइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban