

सिमरा । गर्मी बढेपछी बन्द रहेका निजी तथा सामुदायिक बिद्यालयहरु भोलीबाट बिहानमा संचालन हुने भएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाले जेठ २८ गते भेलीदेखि बिहानी कक्षा संचालन गर्न निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।
गर्मीका कारण जेठ १६ गतेदेखि बिदा दिदै आएको उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आइतबारदेखि कक्षा संचालन गर्न निर्देशन दिएको हो ।
अर्को सूचना जारी नभएसम्म बिहान ६ बजेदेखि ९ः३० बजेसम्म कक्षा संचालन गर्न उपमहानगरपालिकाले निर्देश गरेको छ ।





Write your Comment