बाजी जित्न धेरै मःमः खाँदा भारतमा एक जनाको मृत्यु

रातोघर

 २०८० श्रावण १, सोमबार  मा प्रकाशित
२८७ पाठक संख्या


भारतको बिहारमा अत्यधिक मःमः खाएपछि एक जनाको मृत्यु भएको बताइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार गत बिहीबार बिहारको गोपालगञ्ज जिल्लामा २५ वर्षे विपिन कुमार मःमः खाँदाखाँदै बेहोस भएका थिए ।

उनी र उनका साथीहरूले कसले धेरै मःमः खाने भन्दै बाजी लगाएका थिए । त्यसपछि उनीहरू सबैले धेरै मःमः खाएको तर विपिन भने बेहोस भएको बताइएको छ ।

हालसम्म पोस्टमार्टम रिपोर्ट आइनसकेकाले उनको मृत्युको कारणबारे खुल्न नसकेको बढागिरास्थित गोपालगञ्ज प्रहरी कार्यालयले जनाएको छ ।

बिपिनका आमा र बुबाले भने आफ्ना छोरालाई मःमःमा विष लगाएर हत्या गरेको आरोप लगाएका छन् । यद्यपि उनीहरूले प्रहरीमा कुनै उजरी दिएका छैनन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban