नेपाल–भारत सीमा क्षेत्र धनुषामा एक महिलाको गोली हानी हत्या

रातोघर

 २०८० श्रावण ७, आईतबार  मा प्रकाशित
२७२ पाठक संख्या


काठमाण्डौ । 

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।गएराति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महिलालाई दुई राउन्ड गोली हानेका उनीहरु भारततर्फ नै भागेका छन् ।गोली लागेर ज्यान गुमाएकी महिलाको पहिचान नखुलेको धनुषाका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको प्रवक्ता गौतमले बताउनुभयो ।घटनाको अनुसन्धान र हत्यामा संलग्नको खोजीमा नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरिरहेका छन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban