मदिराको मातमा मधुशालामा आगजनी, एघार जनाको मृत्यु

रातोघर

 २०८० श्रावण ७, आईतबार  मा प्रकाशित
२७२ पाठक संख्या


उत्तरी मेक्सिकोमा मदिराको मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिबार उक्त घटना  भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आक्रमणमा सात जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका छन्।

मदिराले मातेको एक अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। मदोन्मत्त उसले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उसलाई बारबाट निष्कासन गरिएको थियो।

कथित अपराधी पत्ता लगाउन सङ्घीय, स्थानीय र नगरपालिकाको समन्वयमा मन्त्रालयको अपराध अनुसन्धान निकाय र विज्ञ सेवाले घटनास्थलमा काम गरिरहेका जनाइएको छ।

सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई दुःखद घटना भन्दै नागरिक सुरक्षा कार्यालय र नगरपालिकाका अग्नि नियन्त्रकरूले अनुसन्धानमा सहयोग गरिरहेका बताएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban