काठमाण्डौका केही ठाउँमा आरीघोप्टे वर्षा, बाढीको चेतावनी

रातोघर

 २०८० श्रावण ७, आईतबार  मा प्रकाशित
३९८ पाठक संख्या


काठमाण्डाै । 

काठमाण्डौ उपत्यकाका केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ । नगरकोट, बूढानीलकण्ठ, ककनी, धादिङको धुनीवेशीलगायतका ठाउँमा पछिल्लो एक घण्टामा निकै ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएकाे छ ।
नेपाल बाढी सूचना केन्द्रले विष्णुमती, मनोहरा, बल्खु खोलालगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban