बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

रातोघर

 २०८० श्रावण ८, सोमबार  मा प्रकाशित
२७४ पाठक संख्या


बैतडी । 

बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको पुर्चौडी नगरपालिका–२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जुका श्रीमान महेश जागरी भारतमा रोजगारीका लागि गएको बमको भनाइ छ।

अपांग रहेका मृतक अञ्जुका देवर १७ वर्षीय गोबर जागरी र सासु ४५ वर्षीय रायमति जागरीसहित  सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६५ वर्षीय जस्मा बोहरा घाइते भएका छन्।

उनीहरुलाई थप उचारका लागि स्थानीय स्वास्थ्य चौकी पढाउने तयारी रहेको वडाध्यक्ष बमले बताए। घरको माथि सडक खनेको र त्यहीँ सडक भासिँदा घर पुरिएर करिब एक दर्जन चौपाया समेत मरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban