बाउली खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता

रातोघर

 २०८० श्रावण ८, सोमबार  मा प्रकाशित
२८६ पाठक संख्या


बाजुरा । 

मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलामा ट्याक्टर खोलाले बगाएको छ। ट्याक्टरसहित ड्राइभर समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति ११ बजे तिकोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्बो ट्याक्टर बगाएको प्रहरीले जनाएको छ।  चालक डुवनारायण चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहराले बताए।

खोलाले बगाएको ट्याक्टर फेला परे पनि चालकको अवस्था अज्ञात रहेको बोहराले बताए। अहिले चालकको खोजी कार्यका लागि नेपाली सेनासहितको  टोली खटिएको उनले बताए।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban