दाङमा सर्पले डस्दा एक बालककाे ज्यान गयाे

रातोघर

 २०८० श्रावण ८, सोमबार  मा प्रकाशित
२५८ पाठक संख्या


दाङ । 

दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पकाे डसाइबाट एक बालककाे ज्यान गएको छ ।सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको हाे।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइए पनि उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकाेमा उनकाे उपचारका क्रममा ज्यान गएकाे हाे।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban