माेटरबाट खेतमा पानी हालिरहेका किसानकाे करेन्ट लागेर ज्यान गयाे

रातोघर

 २०८० श्रावण ९, मंगलबार  मा प्रकाशित
२७१ पाठक संख्या


सप्तरी ।

सप्तरीमा माेटरबाट खेतमा पानी हालिरहेका एक किसानको करेन्ट लागेर ज्यान गएको छ ।सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको गए राति करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका मण्डललाई उपचारका लागि राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban