एक लिटर बिच्छीको विषको मूल्य १३ करोड रुपैयाँ, मुटुको शल्यक्रियामा हुन्छ प्रयोग

रातोघर

 २०८० श्रावण १४, आईतबार  मा प्रकाशित
५१७ पाठक संख्या


काठमाडौं । 

बिच्छी खतरनाक जन्तु हो। यसको डसाइबाट मानिसको ज्यान तत्काल जान सक्छ। तर यसको विष भने निकै मूल्यवान् छ।  यसको विष महंगो मूल्यमा बिक्री हुने गरेको छ। बिच्छीको एक लिटर विषको मूल्य करिब १० लाख डलरसम्म पर्ने बीबीसीले जनाएको छ।  नेपाली मुद्राका हिसाबमा यसको मूल्य १३ करोड १० लाख हुन आउँछ। टर्कीको एक प्रयोगशालामा बीस हजार बिच्छी छन्। जहाँ दैनिक दुई ग्राम बिच्छीको विष संकलन गरिन्छ।

बीबीसीसँग कुरा गर्दै प्रयोगशालाका सञ्चालकले बिच्छीको हेरचाह गर्छन्। बिच्छीलाई समयमा खाना खुवाउँछन्। र, बिच्छीको विष निकालेर महँगो मूल्यमा युरोपमा बिक्री गर्छन्।उनका अनुसार एक बिच्छीले डस्दा दुई मिलीग्राम मात्र जहर संकलन हुन्छ। करिब ३ सयदेखि चार सय बिच्छीको मद्दतले एक ग्राम विष जम्मा हुनसक्छ।

बिच्छीको विषको मूल्यबारे कुराकानी गर्दै प्रयोगशालासँग सम्बन्धित मैडेन भन्छिन्,  ‘एक लिटर विष करिब १० लाख डलरसम्ममा बिक्री हुन्छ।’ल्याटिन अमेरिकामा पाइने एक खास प्रकारको बिच्छीको विषबाट मार्गा टक्सिन नामक पदार्थ निस्कन्छ। जो रक्त वाहिकामा कोशिका निर्माण गर्न मद्दत गर्छ र मुटुको शल्यक्रियामा उपयोग गरिन्छ।

यी बिच्छी पाँचदेखि आठ सेन्टिमिटर लामा हुन्छन्। यद्यपि यिनका विष उति धेरै घातक त हुँदैन तर यदि कुनै मानिसलाई डस्यो भने एकदमै दुख्ने, पोल्ने र चिलाउने गर्छ। यसले मानिसलाई हैरानी बनाउँछ।बिच्छीको डसाइका विषयमा शोध गरिरहेका लिड्स युनिभर्सिटीका प्रोफेसर डेभिड भन्छन्, ‘यसको विष एकदमै गुणकारी हुन्छ।

यसको थोरै मात्रा पनि फाइदाजनक हुन्छ।’उनका अनुसार मार्गा टक्सिनको उपयोग औषधिका रुपमा गरिन्छ। यसका साथै मुटुसँग जोडिएका रोगमा स्प्रेका रुपमा प्रयोग गरिन्छ। आजभोलि बिच्छीको विषको प्रयोग ब्युटी प्रोडक्टस् (सौन्दर्यसम्बन्धी उत्पाद) मा पनि प्रयोग गरिन्छ।
 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban