साइकल यात्रीमाथि मुक्का प्रहार गर्ने भेटवाल धरौटीमा छुटे

रातोघर

 २०८० श्रावण १६, मंगलबार  मा प्रकाशित
३११ पाठक संख्या


विराटनगर ।

साइकल यात्री पवनकुमार साहमाथि मुक्का प्रहार गरेको घटनामा पक्राउ परेका आयुष भेटवाल धरौटीमा छुटेका छन्।गत असार २० गते कोशी राजमार्गअन्तर्गत विराटनगर–४ स्थित दूध फारम चोकमा भेटवालले साइकल यात्री साहलाई मुक्का प्रहार गरी ढालेका थिए।

उक्त घटनाको भिडियो फुटेज सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए।मोरङ जिल्ला अदालतले सोमबार दिएको आदेशबाट विराटनगर ( ४ का १९ वर्षीय भेटवाल धरौटीमा छुटेका हुन्। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले भेटवाललाई एक लाख धरौटीमा छाड्न आदेश दिएको जनाए।

दूध फारम चोकमा भेटवालले साइकल यात्री पवनकुमार साहलाई मुक्का प्रहरा गरी बेहोस बनाएका थिए। बेहोस भएपछि साहलाई घिसार्दे सडक छेउमा लगेर छाडेका थिए।भेटवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर भएको थियो। घटनामा संलग्न भनिएका अर्का प्रतिवादी १७ वर्षे किशोर फरार छन्।

अदालतबाट उनलाई पक्राउ गर्न ३५ दिने सूचना जारी भएको छ। कार चालक तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्कीविरुद्ध मुद्दा नचल्ने निणर्य सरकारी वकिलको कार्यालयले गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban