अश्लिल टिकटक बनाउने युवक पक्राउ, युवती र भिडियो खिच्नेलाई खोज्दै प्रहरी

रातोघर

 २०८० श्रावण १६, मंगलबार  मा प्रकाशित
४०७ पाठक संख्या


वीरगञ्ज ।

प्रहरीले जनकपुरधामको जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक भिडियो बनाउने एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय अनिरूद्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक बनाएर राखेपछि भिडियो भाइरल भएपछि विरोध भएको थियो ।त्यसपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको हो । भिडियोमा देखिएकी युवती र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरी प्रवक्ता प्रही नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban