

काठमाडौँ ।
शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरुले सहज रुपमा पढ्नसक्ने गरी शिक्षामा लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको अग्रसरतामा क्याम्पसअगाडि प्रदर्शन गरिएको हो ।
क्याम्पसमा विद्यार्थीहरुले पाउनुपर्ने सुविधा नपाएका कारण पढाइमा समस्या परेको, थापाथली क्याम्पसले फि बढाउने तयारी गरेको उनीहरुले बताएका छन् ।
सरकारले शिक्षामा लगानी नगरेकै कारण त्यसको भार विद्यार्थीहरुले बोक्न बाध्य भएको थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति पुस्कर शाहीले बताए ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकार वर्तमान देउ, इन्जिनियर बन्छौ, भविष्य दिन्छौ, शिक्षा मै राजनीति देशको बेजती, सरकार झूठो आश, ठूलो निकासलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।





Write your Comment