भित्री बस्त्रमा २४ ताेला सुन बाेकेकी महिला पाेखराबाट पक्राउ

रातोघर

 २०८० श्रावण २५, बिहिबार  मा प्रकाशित
३९६ पाठक संख्या


पाेखरा ।

करिब २४ ताेला सुनसहित एक महिला पक्राउ परेकी छन् ।काठमाडाैंबाट बस चढेर पाेखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका– १ घर भएर हाल काठमाडौं जोरपाटी बस्ने  ४५ वर्षीषा कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनकाे साथबाट छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएकाे अवस्थामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएकाे हाे । बरामद सुनकाे अन्दाजी ताैल २४ ताेला रहेकाे बताइएकाे छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban